मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।
मालिका गाउँपालिका वडा नं. १ को कार्यालय नेटा जैसिपोखरामा रहेको छ । साविकको ५ देखि ९ वडा मिलेर बनेको यस वडाको जनसंख्या १४११ मध्ये महिला ७७२ र पुरुष ६३९ रहेका छन् क्षेत्रफल ७.७४ वर्ग किमि रहेको छ, यस वडाको घरधुरी संख्या ३५३ छ ।