मालिका गाउँपालिकाले सूचना थप प्रभावकारी बनाउने उद्देश्यले अडियो नोटिस सेवा सुचारु गरिएको छ। सूचना प्राप्त गर्न १६१८०७९६२००७५ मा डायल गर्नुहोला ।

 

मालिका गाउँपालिका,गुल्मीको संक्षिप्त परिचय

परिचय    गुल्मी जिल्लाको गौरव बढाउने ऐतिहासिक, धार्मिक पहिचान बोकेको प्राकृतिक सम्पदा र सौन्दर्यले भरपूर, पर्यटकीय विकासको प्रचूर सम्भावना रहेको यस मालिका मन्दिरको नामबाट ‘मालिका गाउँपालिका’ नामकरण गरिएको हो ।गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट करिब ४० किलोमिटर उत्तर तर्फको यात्रा गरेपछि यस गाउँपालिकाको कार्यालय पुग्न सकिन्छ. यधपी सदरमुकाम बाट करिब २० किमी को यात्रा पछि मालिका गाउँपालिका मा प्रवेश गर्न सकिन्छ. जिल्लाका जम्मा १२ वटा स्थानीय तह मध्ये यस मालिका गाउँपालिकामा जम्मा घरधुरी सख्या ५२४१ रहेको छ भने जनसंख्या २००७५ रहेको छ जस मध्ये महिला १०८८७ र पुरुष ९१८८ रहेको छ।  यस गाउँ पालिकामा साबिकका ८ वटा (नेटा, दर्लिङ्ग, ह्वाङ्दी, अर्खावाङ्ग, छापहिले, अर्जै, घमिर, मर्भुङ्ग) गा वि रहेका छन्।

गाउँपालिकाको भौगोलिक अवस्था, सिमाना तथा क्षेत्रफल

ग) क्षेत्रफल :– ९२.४९ वर्ग कि. मि.

घ) सिमाना :– पूर्व – इस्मा गाउँपालिका, पश्चिम – मदाने गाउँपालिका     उत्तर – बागलुंग जिल्ला,   दक्षिण – मदाने गाउँपालिका   

प्रमुख नदीनाला, धार्मिक/ दर्शनीय स्थल 

            मालिका गाउँपालिका पर्यटकीय क्षेत्रको रूपमा पनि परिचित छ । यहाँ प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मालिका मन्दिर,लेकपोखरा,तिले चुली छन् । यहाँ प्रसिद्ध नदीहरू छल्दी,निस्ती,बडीघाढ  खोलाहरू रहेका छन् ।